५ हजार रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

Author

सजिलो पत्रिका

२०८३ असार ०१, सोमबार

5
Share
Featured
  • सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको छ।
  • १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६६० रुपैयाँ कायम गरिएको छ।
  • चाँदीको भाउ पनि १२० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५ रुपैयाँ पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको छ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि जेठ ३१ गते सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६६० रुपैयाँ कायम गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ। 

अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ रहेको थियो। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३०० रुपैयाँ तय गरिएको छ । 

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेप्सेमा ६.३१ अङ्कको गिरावट, कारोबार रकम ४ अर्ब माथि

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज (मङ्गलबार) ६.३१ अङ्कको सामान्य गिरावट आएको छ। साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक २७०५.४५ विन्दुमा झरेर बन्द भएको हो।परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज ३५५ कम्पनीका १ करोड ७ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ४

    Data is loading...

    Loading brands...

    Loading footer...