प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा नजाने, अर्थमन्त्री वाग्लेले दिनेछन् जवाफ

Author

सजिलो पत्रिका

२०८३ असार ०४, बिहिबार

8
Share
Featured
  • प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभा बैठकमा सहभागी नहुने भएका छन्।
  • विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले दिनेछन्।
  • खर्च कटौतीका प्रस्तावमाथि निर्णयपछि विनियोजन विधेयक, २०८३ पारित गर्ने प्रस्ताव पेश गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आज प्रतिनिधिसभा बैठकमा नजाने भएका छन्। उनले आफ्नो तर्फबाट जवाफ दिने जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुम्पेका छन्।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित शीर्षकहरूमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची थियो। प्रधानमन्त्री अनुपस्थित भए पनि अन्य विभागीय मन्त्रीहरूले भने आ-आफ्नो मन्त्रालयको जवाफ दिइरहेका छन्।

जवाफ दिने क्रम सकिएपछि सांसदहरूले दर्ता गराएका २० वटा खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री वाग्लेले 'विनियोजन विधेयक २०८३' पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। सरकारसँग दुई तिहाइ नजिकको बहुमत रहेकाले आजै बजेट सहजै पारित हुने निश्चित देखिएको छ।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)स्वर्णिम वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री भएर गुनासो नगर्न महावीर पुनलाई हर्क साम्पाङको चेतावनी

    काठमाडौँ।श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो नगर्न र सदनको समय खेर नफाल्न सचेत गराएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा मन्त्री पुनले कानुनको अभाव र बजेट खर्चमा समस्या रहेको भन्दै लामो र ठट्यौलीपूर्ण जवाफ दिएपछि साम्पाङले असन्तुष्टि जनाएका हुन्।"सरकारले गुनासो गर्ने

    Data is loading...

    Loading brands...

    Loading footer...