सुनको भाउ तोलामा १२ सयले घट्यो, चाँदी पनि सस्तियो

Author

सजिलो पत्रिका

२०८३ असार ०३, बुधबार

3
Share
Featured
  • सुनको भाउ तोलामा १,२०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९८० रुपैयाँ पुगेको छ।
  • लगातार तीन दिन बढेको सुनको मूल्य आज घटेको हो, जबकि सुन र चाँदीको हालसम्मकै उच्च मूल्य माघ १५ गते कायम भएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

नेपाली बजारमा लगातार तीन दिनसम्म बढेको सुनको मूल्य आज (बुधबार) घटेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो (मंगलबार) सुन तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

गत आइतबारदेखि मंगलबारसम्म तीन दिनमा ६ हजार ५ सय रुपैयाँले बढेको सुनको मूल्यमा आज गिरावट आएको हो। सुनसँगै आज चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ।

यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो भने चाँदी पनि सोही दिन ७ हजार ५०५ रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको थियो। माघ १८ गते भने चाँदीको मूल्यमा हालसम्मकै उच्च १ हजार ५६५ रुपैयाँको गिरावट आएको थियो।

यो समाचारमा

सुनचाँदी ब्यवसायी महासंघकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेप्सेमा ६.३१ अङ्कको गिरावट, कारोबार रकम ४ अर्ब माथि

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज (मङ्गलबार) ६.३१ अङ्कको सामान्य गिरावट आएको छ। साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक २७०५.४५ विन्दुमा झरेर बन्द भएको हो।परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। आज ३५५ कम्पनीका १ करोड ७ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ४

    Data is loading...

    Loading brands...

    Loading footer...