काठमाडौँ ।
सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन्। अधिकांश प्रदेशले कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएका हुन्।
यस वर्ष बागमती प्रदेशले सबैभन्दा ठूलो ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको छ भने गण्डकी प्रदेशले सबैभन्दा सानो ३२ अर्ब ९९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अन्य प्रदेशहरूमा मधेसले ४९ अर्ब, कोशी प्रदेशले ४० अर्ब ४४ करोड, लुम्बिनी प्रदेशले ३९ अर्ब ४८ करोड, सुदूरपश्चिम प्रदेशले ३७ अर्ब ७० करोड र कर्णाली प्रदेशले ३५ अर्ब ३९ करोड रुपैयाँको बजेट विनियोजन गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलभित्रको आन्तरिक मतभेदका कारण बजेट प्रस्तुत गर्न केही ढिलाइ भए पनि आइतबार राति अबेर आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट प्रस्तुत गरेका थिए। सबै प्रदेश सरकारहरूले आन्तरिक राजस्व, राजस्व बाँडफाँट र संघीय सरकारबाट प्राप्त हुने अनुदानलाई बजेटको मुख्य स्रोतका रूपमा लिएका छन्। अब यी बजेटहरू प्रदेशसभाबाट पारित भएपछि कार्यान्वयनको चरणमा जानेछन्।
कुन प्रदेशमा कति
–वागमती : पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख र चालूतर्फ २२ अर्ब ९६ करोड १९ लाख
–गण्डकी : पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख र चालूतर्फ १२ अर्ब ७२ करोड ३७ लाख
–लुम्बिनी : पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख र चालूतर्फ ११ अर्ब ११ करोड २७ लाख
–कोशी : पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख र चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख
–मधेस : पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख र चालूतर्फ १४ अर्ब ६६ करोड ३२ लाख
–कर्णाली : पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख र चालूतर्फ ८ अर्ब ६० करोड ४५ लाख