अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा २१ खर्ब २४ अर्बको सुधारमुखी बजेट सार्वजनिक

Author

सजिलो पत्रिका

२०८३ असार ०४, बिहिबार

4
Share
Featured
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
  • बजेटमा आयकर छुटको सीमा १० लाख रुपैयाँ पुर्‍याउने, ३१ सरकारी निकाय खारेज गर्ने र ३६० वस्तुको अन्तःशुल्क हटाउने घोषणा गरिएको छ।
  • ऊर्जा क्षेत्र सुधार, वैदेशिक लगानी प्रोत्साहन र ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य बजेटका प्रमुख विशेषता हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। पछिल्लो तीन दशकयताकै सबैभन्दा सुधारमुखी मानिएको यस बजेटले कर प्रणाली, प्रशासनिक पुनर्संरचना र ऊर्जा क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरेको छ।

बजेटका मुख्य विशेषताहरूमा व्यक्तिगत आयकर छुटको सीमा बढाएर १० लाख रुपैयाँ पुर्‍याइनु, ३१ वटा सरकारी निकाय खारेज गरिनु र ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाउनु रहेका छन्। सरकारले आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ। कुल बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

ऊर्जा क्षेत्रमा 'टेक अर पे' नीति पुनः लागू गर्ने, विद्युत् प्राधिकरणको पुनर्संरचना गर्ने र प्रसारण लाइनका लागि ७० अर्ब विनियोजन गर्ने घोषणा गरिएको छ। यद्यपि, १० मेगावाटभन्दा माथिका आयोजनाको पीपीएबारे स्पष्ट नीति नआएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। वैदेशिक लगानीकर्ताले मुनाफा सहजै लैजान पाउने र गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा लगानी गर्न दिने नीतिले निजी क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।

यो समाचारमा

स्वर्णिम वाग्लेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री भएर गुनासो नगर्न महावीर पुनलाई हर्क साम्पाङको चेतावनी

    काठमाडौँ।श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो नगर्न र सदनको समय खेर नफाल्न सचेत गराएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा मन्त्री पुनले कानुनको अभाव र बजेट खर्चमा समस्या रहेको भन्दै लामो र ठट्यौलीपूर्ण जवाफ दिएपछि साम्पाङले असन्तुष्टि जनाएका हुन्।"सरकारले गुनासो गर्ने

    Data is loading...

    Loading brands...

    Loading footer...