'रक्षा मन्त्रालयको बजेट पुस्तिका कहिले पाउने हो?' , अर्थमन्त्रीलाई हर्क साम्पाङको प्रश्न

Author

सजिलो पत्रिका

२०८३ असार ०५, शुक्रबार

7
Share
Featured
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रक्षा मन्त्रालयको बजेट पुस्तिका संसदलाई उपलब्ध नगराई विनियोजन विधेयक पारित गरिएको भन्दै आपत्ति जनाएका छन्।
  • प्रधानमन्त्री बालेन्द्र शाह ले सम्हालेको रक्षा मन्त्रालयको बजेट विवरण सदनमा वितरण नगरिएको विषयमा उनले प्रश्न उठाए।
  • अर्थमन्त्रीसँग रक्षा मन्त्रालयको बजेट पुस्तिका कहिले उपलब्ध हुन्छ भन्ने स्पष्ट जवाफ माग गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले रक्षा मन्त्रालयको बजेट पुस्तिका संसदलाई उपलब्ध नगराई विनियोजन विधेयक पारित भएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सम्हालेको रक्षा मन्त्रालयको बजेट विवरण सदनमा वितरण नगरिएको विषयमा सरकारको ध्यानाकर्षण गराए।

बिहीबार मात्रै प्रतिनिधि सभाबाट विनियोजन विधेयक–२०८३ बहुमतले पारित भएको थियो। "रक्षा मन्त्रालयको बजेट पुस्तिका छलफलका लागि संसदमा नदिई विनियोजन विधेयक पारित भयो, यो अचम्मको कुरा हो," राईले भने। उनले अर्थमन्त्रीलाई प्रश्न गर्दै रक्षा मन्त्रालयको बजेट पुस्तिका कहिले पाइने हो वा नपाइने हो भन्दै जवाफ माग गरेका छन्।

प्रधानमन्त्री आफैँले सम्हालेको मन्त्रालयको बजेट पुस्तिका नै नदिई विनियोजन विधेयक पारित हुनुले पारदर्शितामाथि प्रश्न उठेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

यो समाचारमा

रक्षा मन्त्रालयहर्कराज साम्पाङ राईश्रम संस्कृति पार्टीकाठमाडौँ
प्रतिनिधि सभा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकार जनविरोधी भयो, प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति आपत्तिजनक- सांसद शाही

    काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र शाहीले बजेटको सूचना चुहावट र विद्युतीय सवारी साधनको कर हेरफेरको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले सरकारले सुशासनको नारा दिए पनि ठूला भ्रष्टाचारका काण्डहरूलाई ढाकछोप गरिरहेको आरोप लगाए।सांसद शाहीले

    Data is loading...

    Loading brands...

    Loading footer...