नागढुंगा–मुग्लिङ सडक अनुगमनमा मन्त्रीको आक्रोश-'पोल नसार्ने ठेकेदारको खुट्टा भाँचिदिनू'

Author

सजिलो पत्रिका

२०८३ असार ०१, सोमबार

10
Share
Featured
  • पूर्वाधार मन्त्री सुनिल लम्सालले काममा ढिलासुस्ती गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन्।
  • नागढुंगा–मुग्लिङ सडक निरीक्षणका क्रममा उनले ठेकेदारले काम नगरे ‘खुट्टा भाँचिदिनू’ भन्दै प्रमुख जिल्ला अधिकारीसमक्ष निर्देशन दिएको भिडियो सार्वजनिक भएको छ।
  • बिजुलीका पोल नसारिँदा सडक विस्तार प्रभावित भएको भन्दै मन्त्रीले ठेकेदारको लापरबाहीप्रति असन्तुष्टि जनाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलासुस्ती गर्ने ठेकेदारप्रति कडा आक्रोश व्यक्त गर्दै उनीहरूको 'खुट्टा भाँच्न' सार्वजनिक रूपमा निर्देशन दिएका छन्। आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षणका क्रममा मन्त्री लम्सालले धादिङकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) लक्ष्मी पाण्डेयलाई सँगै राखेर यस्तो विवादास्पद निर्देशन दिएका हुन्।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा मन्त्री लम्सालले बिजुलीको पोल सार्ने जिम्मा पाएका ठेकेदारले काम नगरेकोमा आपत्ति जनाउँदै भनेका छन्, "त्यो ठेकेदार यो धर्तीमा कहाँ छ? त्यसलाई खोजेर यहाँ ल्याउनू। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन। यिनीहरूले चाँडै पोल सार्नुपर्‍यो, यहाँको पब्लिकले धेरै दुःख पायो।"

सडक विभाग र नेपाल विद्युत प्राधिकरणबीच तीन वर्षअघि नै पोल सार्ने सम्झौता भएर ठेक्का लागे पनि ठेकेदार कम्पनीले काम नगर्दा सडक विस्तारमा ठूलो अवरोध पुगेको छ। सोही समस्याका कारण आक्रोशित बनेका मन्त्रीले कानुन कार्यान्वयन गर्ने निकाय (सिडिओ) लाई नै ठेकेदारको भौतिक कारबाही गर्न उक्साउने गरी अभिव्यक्ति दिएका हुन्।

यो समाचारमा

काठमाडौँसुनिल लम्साल

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसवर्ष परीक्षाको ३५ दिनमै नतिजा प्रकाशन गरेको हो । यसअघि एसईईको नतिजा २९ दिनमा सार्वजनिक गरिएको थियो ।यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् ।गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८

    Data is loading...

    Loading brands...

    Loading footer...