रास्वपामा भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०७, सोमबार १७:०१

19
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ। पार्टीभित्रको सहमतिअनुसार उनलाई महत्वपूर्ण संगठनात्मक जिम्मेवारीमा ल्याउन लागिएको हो।

पार्टीका एक नेताका अनुसार वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भएको समझदारीका आधारमा भूपदेवलाई महामन्त्री बनाउने तयारी गरिएको हो। काठमाडौँ महानगरपालिकामा बालेन शाह मेयर हुँदा भूपदेव शाह प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत थिए।

फागुन २१ मा सम्पन्न निर्वाचनमा अछाम–२ बाट उम्मेदवार बनेका भूपदेव शाह पराजित भएका थिए। त्यसअघि बालेन निकट सुनिल लम्साललाई महामन्त्री बनाउने चर्चा भए पनि उनी हाल भौतिक पूर्वाधारमन्त्री रहेकाले सो स्थानमा भूपदेवलाई ल्याउने निर्णय गरिएको बताइएको छ।

रास्वपाको केन्द्रीय समिति बैठक हाल वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ, जहाँ संगठनभित्र अन्य पदहरूमा समेत हेरफेरको विषयमा छलफल भइरहेको छ। ‘एक पद, एक व्यक्ति’ नीतिअनुसार थप जिम्मेवारी परिवर्तन हुन सक्ने संकेत गरिएको छ।

यसैबीच, उपसभापति डोल प्रसाद अर्याल सभामुखमा निर्वाचित भएपछि उक्त पद रिक्त रहेकाले त्यसबारे पनि पार्टीले निर्णय गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

यो समाचारमा

डोल प्रसाद अर्यालराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँबालेन्द्र शाह (बालेन)

ट्यागहरू

#राष्ट्रिय स्वतन्त्र पार्टी#प्रतिनिधिसभा निर्वाचन#प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह#सभामुख डीपी अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    भर्खरै

    News Image

    जलवायु–स्मार्ट कृषिका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य - मन्त्री चौधरी

    News Image

    मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

    News Image

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    News Image

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू