धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

6
Share
Featured
  • धनुषा ट्राफिक प्रहरीले गत आर्थिक वर्ष १२,६०३ सवारीसाधन कारबाही गरी १ करोड १४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
  • १,३५८ सवारी दुर्घटनामा ८२ जनाको मृत्यु र २,१९८ जना घाइते भएका छन्।
  • दुर्घटना बढे पनि ट्राफिक सचेतना र नियमित चेकजाँचका कारण मृत्यु हुने संख्या घटेको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । 

प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।  

आव २०८१/८२ मा २८ हजार ५३८ सवारीसाधनमाथि कारबाही गर्दा रु दुई करोड २१ लाख १० हजार ५०० राजस्व सङ्कलन गरेको  थियो । 

धनुषा जिल्लामा आव २०८२÷८३ मा भएको एक हजार ३५८ सवारी दुर्घटनामा परी ८२ जनाको मृत्यु भएको छ भने दुई हजार १९८ जना घाइते भएका छन् । अघिल्लो आव २०८१/८२ मा धनुषामा एक हजार २२१ सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु भएको थियो । 

पछिल्ला केही वर्षयता धनुषा जिल्लामा सवारी दुर्घटना बढे पनि दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्यामा कमी आएको देखिन्छ । सडकको नाजुक अवस्था, मानवीय लापर्वाहीलगायतका कारण बितेका वर्षमा सवारी दुर्घटना केही बढे पनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या घटेको प्रहरी निरीक्षक दाहालले बताउनुभयो । 

पछिल्ला वर्षमा ट्राफिक सचेतना र नियमित ट्राफिक चेकजाँचका कारण सवारी दुर्घटनामा कमी आएको प्रहरी निरीक्षक दाहालको दाबी छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...