पश्चिम एसियाको द्वन्द्वले मल आपूर्ति प्रभावित, भारतकै भरमा नेपाल

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

19
Share
Featured
  • पश्चिम एसियाको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मल अभाव र मूल्य वृद्धि हुँदा नेपालमा मल संकट गहिरिँदै गएको छ, टेन्डर प्रक्रियासमेत असफल भएको छ।
  • नेपालसँग हाल असारसम्म पुग्ने मात्र मल मौज्दात छ, त्यसपछि आपूर्ति संकट झन् बढ्ने जोखिम रहेको छ।
  • विकल्प अभाव भएपछि नेपालले भारतसँग जीटुजी सम्झौतामार्फत मल ल्याउने पहल गरिरहेको छ, तर विगतका सम्झौता कार्यान्वयनमा समस्या रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको आपूर्ति अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिने देखिएको छ। मूल्यसमेत तीव्र रूपमा बढिरहेको छ, जसका कारण सरकारले आह्वान गरेका युरिया मलका पछिल्ला दुईवटा टेन्डरसमेत असफल भएका छन्। ढुवानी कम्पनीहरूले आवेदन नदिएपछि खरिद प्रक्रिया नै अवरुद्ध भएको हो।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार मलको मूल्य छोटो समयमै उल्लेख्य रूपमा बढेको छ। एक सातामै प्रतिटन १०४ डलरले मूल्य बढेको छ भने समग्रमा २५–३० प्रतिशतसम्म वृद्धि भएको बताइएको छ। अन्तर्राष्ट्रिय बजारमा अभाव र ढुवानी जोखिमका कारण आपूर्ति सहज हुन नसकेको अधिकारीहरूको भनाइ छ।

हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग करिब १ लाख ५० हजार मेट्रिक टन मल मौज्दात रहेको छ, जुन असारसम्मका लागि मात्र पर्याप्त हुने अनुमान गरिएको छ। त्यसपछि भने अवस्था चुनौतीपूर्ण बन्ने देखिएको मन्त्रालयले जनाएको छ।

मल आपूर्तिको अन्य विकल्प बन्दजस्तै भएपछि सरकारले छिमेकी भारतसँग सहयोग मागेको छ। सरकारले जीटुजी (सरकार–सरकार) सम्झौताअन्तर्गत १ लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डीएपी मल उपलब्ध गराइदिन भारतसँग आग्रह गरेको छ। यस विषयमा नेपालका लागि भारतीय राजदूतसँग पनि छलफल भइसकेको छ।

यसअघि २०७८ फागुनमा नेपाल र भारतबीच पाँच वर्षे मल आपूर्ति सम्झौता भएको थियो। तर, नेपालले समयमै रकम व्यवस्थापन गर्न नसक्दा सम्झौताअनुसार मल आयात हुन सकेन। भारतीय पक्षले पटक–पटक ताकेता गर्दा पनि अग्रिम भुक्तानी अभावका कारण नेपालले मल ल्याउन सकेको थिएन।

सरकारले चालु आर्थिक वर्षमा ६ लाख मेट्रिक टन मल खरिद गर्ने लक्ष्य राखे पनि करिब ५.५ लाख मेट्रिक टन मात्र ल्याउने निर्णय गरिएको थियो। त्यसमध्ये ४ लाख ४० हजार मेट्रिक टन खरिद प्रक्रिया अघि बढाइए पनि अझै करिब ८५ हजार मेट्रिक टन मल ल्याउन बाँकी छ, जसका लागि गरिएका टेन्डरहरू सफल हुन सकेका छैनन्।

पश्चिम एसियामा जारी द्वन्द्वले विश्वव्यापी आपूर्ति शृङ्खलामा पनि ठूलो असर पारेको छ। मल उत्पादनका लागि आवश्यक प्राकृतिक ग्यासको प्रमुख स्रोत यही क्षेत्र भएकाले उत्पादन लागत बढेको छ। साथै, होर्मुज जलडमरू र लालसागर जस्ता महत्त्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा ढुवानीमा समस्या थपिएको छ, जसले लागत अझ बढाएको छ।

इरान, साउदी अरेबिया, कतारओमानजस्ता प्रमुख मल उत्पादक देशहरू पनि द्वन्द्वबाट प्रभावित भएका छन्। उत्पादन प्लान्टहरूमा असर परेको छ भने निर्यातसमेत घटेको छ। यसैबीच, रूसयुक्रेन युद्धको प्रभावले पनि विश्व खाद्य तथा मल आपूर्ति प्रणालीलाई थप दबाबमा पारेको छ।

यी सबै कारणले नेपालमा आगामी दिनमा मल अभाव झनै चर्किने संकेत देखिएको छ, जसले कृषि उत्पादनमा प्रत्यक्ष असर पार्ने चिन्ता व्यक्त गरिएको छ।

यो समाचारमा

कतारओमानरूसभारत
इरान7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...