
काठमाडौँपश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको आपूर्ति अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिने देखिएको छ। मूल्यसमेत तीव्र रूपमा बढिरहेको छ, जसका कारण सरकारले आह्वान गरेका युरिया मलका पछिल्ला दुईवटा टेन्डरसमेत असफल भएका छन्। ढुवानी कम्पनीहरूले आवेदन नदिएपछि खरिद प्रक्रिया नै अवरुद्ध भएको हो।कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार...