आज पनि स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

4
Share
Featured
  • जल तथा मौसम विभागले विभिन्न जिल्लाका स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ।
  • नदी किनार, खोला आसपास र तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
  • स्थानीय प्रशासन र सुरक्षा निकायलाई सम्भावित बाढीको पूर्वतयारी र प्रतिकार्यमा तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ । 

त्यस्तै, झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला आसपासका स–साना आकस्मिक बाढीको जोखिम रहेको  जनाइएको छ ।

विभागका बाढीविद् बिनोद पराजुलीले ती जिल्लाका नदी तटीय क्षेत्र, खोला आसपासकन सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो,  “नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले यस्तो अवस्थामा नदी तर्न, माछा मार्न, नदीजन्य सामग्री उत्खनन गर्न तथा नदी किनारमा बस्न वा आवतजावत गर्न हुँदैन ।” 

विभागले स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहलाई पनि सम्भावित आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी तथा प्रतिकार्यमा तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...