प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक जित, ४० जिल्लामा 'क्लिनस्वीप'

Author

सजिलो पत्रिका

२०८२ फागुन २७, बुधबार

15
Share
Featured
  • प्रतिनिधिसभा निर्वाचनमा **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**ले ऐतिहासिक सफलता हासिल गर्दै १६५ मध्ये १२५ सिट जितेको छ र समानुपातिकसहित दुई तिहाइ बहुमतभन्दा २ सिट मात्र कम परेको छ।
  • नेपाली कांग्रेस १८ सिटसहित दोस्रो, एमाले ९, नेपाली कम्युनिस्ट पार्टी ८, श्रम संस्कृति पार्टी ३ सिटमा सीमित भएका छन्।
  • रास्वपाले काठमाडौं, ललितपुर, भक्तपुरसहित ४० जिल्लामा क्लिनस्वीप गर्दै यो निर्वाचनले नेपालको राजनीतिमा ठूलो फेरबदल ल्याएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै १२५ सिटमा जित हात पारेको छ। समानुपातिकतर्फको समेत गणना सकिँदा रास्वपा दुई तिहाइ बहुमतका लागि मात्र २ सिटले पछि परेको छ।

निर्वाचन परिणामअनुसार नेपाली काँग्रेस १८ सिटसहित दोस्रो स्थानमा खुम्चिएको छ। त्यस्तै, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, र पहिलोपटक निर्वाचनमा होमिएको हर्कराज साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन्। राप्रपा र स्वतन्त्र उम्मेदवारले १–१ सिटमा जित निकालेका छन्।

मुलुकका ७७ जिल्लामध्ये ६६ जिल्लामा कुनै न कुनै दलले 'क्लिनस्वीप' (सबै सिटमा जित) गरेका छन्। रास्वपाले काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, कास्की र चितवनसहित ४० जिल्लामा क्लिनस्वीप गरेको छ। कांग्रेसले हुम्ला, मुगु र मुस्ताङसहित ११ जिल्ला तथा नेपाली कम्युनिष्ट पार्टीले रोल्पा, रुकुम र सल्यानसहित ६ जिल्लामा बर्चस्व कायम गरेका छन्।

श्रम संस्कृति पार्टीले खोटाङ र भोजपुर गरी २ जिल्लामा क्लिनस्वीप गरेको छ। जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी भएका छन् भने म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले जित हात पारेका छन्। बाँकी ११ जिल्लामा भने मिश्रित परिणाम आएको छ, जहाँ कांग्रेस, एमाले, रास्वपा र अन्य दलहरूबीच सिट बाँडिएका छन्। यो निर्वाचनले नेपालको राजनीतिमा ठूलो फेरबदल ल्याउँदै नयाँ शक्तिलाई स्थापित गरिदिएको छ।

यो समाचारमा

हर्कराज साम्पाङ राईखोटाङराष्ट्रिय स्वतन्त्र पार्टीप्रतिनिधि सभा
काठमाडौँ10 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...