विजयी उम्मेदवारलाई रास्वपाको निर्देशन: 'जेनजी' सहिदको सम्मानमा विजयोत्सव नमनाउनु

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

13
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना विजयी उम्मेदवारहरूलाई अबिर जात्रा, र्‍याली वा कुनै पनि विजयोत्सव नगर्न कडा निर्देशन दिएको छ।
  • रवि लामिछाने र बालेन शाह को निर्देशनमा, ‘Gen Z’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको पीडालाई सम्मान गर्दै उत्सव नगर्न भनिएको हो।
  • पार्टीका उपसभापति डीपी अर्याल का अनुसार उम्मेदवारहरूलाई मतगणना स्थलमै धन्यवाद दिन र निर्वाचित भएपछि सिधै जनताको काममा केन्द्रित हुन आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना विजयी उम्मेदवारहरूलाई कुनै पनि प्रकारको विजयोत्सव, अबिर जात्रा वा र्‍याली नगर्न कडा निर्देशन दिएको छ। 'जेनजी' (Gen Z) आन्दोलनका कारण यो निर्वाचन सम्भव भएको र सो क्रममा ज्यान गुमाएका युवाहरूको पीडा अझै कम नभएकाले उत्सव नमनाउन पार्टीले निर्णय गरेको हो।

रास्वपा उपसभापति डीपी अर्यालका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नै यस्तो निर्देशन दिनुभएको हो। "हाम्रा छोराछोरीले ज्यान गुमाएको पीडामा रहेका बेला अबिर जात्रा गर्नु उचित हुँदैन," अर्यालले भने।

पार्टीले उम्मेदवारहरूलाई मतगणना स्थलमा मात्र धन्यवाद दिन र निर्वाचित भएपछि सिधै जनताको काममा केन्द्रित हुन भनेको छ। जनताले काम गर्नका लागि म्याण्डेट दिएकाले परिणाम देखाएपछि मात्र औपचारिक धन्यवाद दिन घरदैलोमा जान सकिने रास्वपाको धारणा छ।


यो समाचारमा

रवि लामिछानेबालेन्द्र शाह (बालेन)काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...