काठमाडौँ।
काठमाडौँ क्षेत्र नं. ६ मा बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ६६.४८ प्रतिशत मतदान भएको छ। कुल ६७ हजार ७५९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार ०४४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
क्षेत्रगत विवरणअनुसार तारकेश्वर नगरपालिकाका वडाहरू (१, २, ६, ७, ८, ९, १० र ११) मा सबैभन्दा बढी ७०.४१ प्रतिशत मत खसेको छ। त्यस्तै, टोखा नगरपालिकाका वडाहरू (१, ८, ९, १० र ११) मा ६६.५६ प्रतिशत र काठमाडौँ महानगरपालिकाका वडाहरू (२६, २७ र २८) मा ६१.९६ प्रतिशत मतदान भएको छ।
निर्वाचन अधिकृतका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिकाहरू तारकेश्वर नगरपालिकामा संकलन गरिसकिएको छ। मुचुल्का उठाउने लगायतका आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरी आजै राति १०:०० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। यस क्षेत्रमा निर्वाचन अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।