फेब्रुअरीमा १ लाख ५ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारतबाट

Author

सजिलो पत्रिका

२०८२ फागुन १९, मङ्गलबार

23
Share
Featured

काठमाडौँ

नेपाल पर्यटन बोर्ड (एनटीबी)ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२६ को फेब्रुअरी महिनामा नेपालमा कुल १ लाख ५ हजार ४४१ अन्तर्राष्ट्रिय पर्यटकको आगमन भएको छ ।

अध्यागमन विभागलाई आधार मान्दै बोर्डले उपलब्ध गराएको उक्त तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा नेपाल आउने शीर्ष १० देशहरुमध्ये भारत पहिलो स्थानमा छ ।

भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । भारतबाट २२ हजार ७४५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ११.२ प्रतिशत हो ।

त्यसैगरी अन्य प्रमुख पर्यटकीय स्रोतहरुमा चीन, संयुक्त राज्य अमेरिका, श्रीलंका, म्यान्मार, युनाइटेड किंगडम, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेशजर्मनी रहेका छन् ।

तथ्याङ्कअनुसार जर्मनीबाट ५ हजार ६१८ जना, श्रीलंकाबाट ६ हजार ०३५ जना, बेलायतबाट ४ हजार १२६, अष्ट्रेलियाबाट ३ हजार ६३८ जना, थाइल्याण्डबाट ३ हजार २१२ जना, बंगलादेशबाट २ हजार ८५० जना, चीनबाट ९ हजार ७१० जना र संयुक्त राज्य अमेरिकाबाट १० हजार ८१६ जना नेपाल आएका छन् ।

क्षेत्रगत वितरण अनुसार क्षेत्रगत आधारमा हेर्दा दक्षिण एशिया (सार्क राष्ट्रहरू)बाट सबैभन्दा बढी ३५ हजार ३४८ (३३.५ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।

त्यसपछि अन्य एसियाली मुलुकहरूबाट २९ हजार ८५७ (२८.३ प्रतिशत), युरोपबाट १७ हजार ४९३ (१६.६ प्रतिशत ), ओसेनियाबाट ७ हजार ९५५ (७.५%), मध्यपूर्वबाट १ हजार ६८० (१.६ प्रतिशत ), अफ्रिकाबाट ९४९ (०.९ प्रतिशत) र अमेरिकाबाट ३४४ (०.३ प्रतिशत ) पर्यटक आगमन भएको उल्लेख छ ।

पर्यटन क्षेत्रमा छिमेकी मुलुक भारत र चीनबाट उच्च संख्यामा आगमन रहनुले नेपालका धार्मिक, साहसिक तथा प्राकृतिक गन्तव्यप्रति आकर्षण बढिरहेको संकेत गर्दछ ।

यो समाचारमा

नेपाल पर्यटन बोर्डश्रीलंकाथाइल्यान्डचीन
अष्ट्रेलिया11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...