सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा ९ हजार लाइसेन्स छापियो

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

33
Share
Featured
  • पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब ९ हजार क्यूआर कोडयुक्त स्मार्ट लाइसेन्स छापिएका छन्, जसमध्ये ७ हजार वितरण भइसकेका छन्।
  • माघदेखि जनशक्ति थपेर दैनिक १० हजार लाइसेन्स छाप्ने तयारी छ, हाल करिब ३० लाख लाइसेन्स छाप्न बाँकी छन्।
  • केन्द्र पूर्ण सञ्चालनमा आएपछि सुरक्षित मुद्रणमार्फत वार्षिक करिब १० अर्ब रुपैयाँ बाहिरिनबाट जोगिने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काभ्रेपलान्चोकको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा विगत दुई महिनामा करिब ९ हजार थान क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । यातायात व्यवस्था विभागको ‘मास प्रिन्टर’ तोडफोड भएपछि गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरिएको थियो ।

विभागका अनुसार, हालसम्म छापिएका ८,९८३ लाइसेन्समध्ये ७ हजार वितरण भइसकेको छ । हाल नयाँ ट्रायल पास भएका र नवीकरणका लागि आवेदन दिएका गरी करिब ३० लाख लाइसेन्स छाप्न बाँकी छ ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले सुरुवाती चरण परीक्षणकाल भएकाले छपाइ सुस्त देखिए पनि अबको एक हप्तादेखि कामले गति लिने बताए । “माघ महिनादेखि नयाँ जनशक्ति थपेर दैनिक १० हजारका दरले स्मार्ट लाइसेन्स छाप्ने तयारी भइरहेको छ,” उनले भने ।

विभाग र केन्द्रबीच भएको सम्झौताअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्नुपर्नेछ । केन्द्रबाट छापिएका नयाँ कार्डमा चिप्सको सट्टा उच्च सुरक्षा प्रणालीयुक्त क्यूआर कोड प्रयोग गरिएको छ, जसमा ३४ प्रकारका सुरक्षा विशेषताहरू रहेका छन् ।

केन्द्रले लाइसेन्सबाहेक हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकर पनि छाप्ने तयारी गरिरहेको छ । प्रेस पूर्ण रूपमा सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत वार्षिक रूपमा बाहिरिने करिब १० अर्ब रुपैयाँ जोगिने अपेक्षा गरिएको छ ।

यो समाचारमा

काभ्रेपलान्चोकयातायात व्यवस्था विभागकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि गरिने स्वास्थ्य परीक्षणमा रहेको 'सिण्डिकेट' अन्त्य गर्दै सरकारले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन पहल सुरु गरेको छ। यातायात व्यवस्था विभागले अब नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका जुनसुकै चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरेको हो।विभागका सवारी

    Data is loading...

    Loading brands...

    Loading footer...