पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

Author

सजिलो पत्रिका

२०८३ साउन ०३, आइतबार

6
Share
Featured
  • पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु र १२३ जना घाइते भएका छन्।
  • गण्डकीमा २ जनाको तथा लुम्बिनी, मधेस, बागमती र काठमाडौंमा १/१ जनाको मृत्यु भएको छ।
  • प्रहरीले सवारी चलाउँदा सावधानी अपनाउन र ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रदेशमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन्।

प्रहरीको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी २ जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनी, मधेस, बागमती प्रदेश र काठमाडौँ उपत्यकामा १-१ जनाले ज्यान गुमाएका छन्।

दुर्घटनामा घाइते हुनेहरूको सङ्ख्या पनि उल्लेख्य छ। लुम्बिनीमा ३५, काठमाडौँ उपत्यकामा ३४, मधेसमा २३ र कोसी प्रदेशमा २१ जना घाइते भएका छन्। त्यसैगरी बागमतीमा ५ र कर्णालीमा ३ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले सवारी चलाउँदा सावधानी अपनाउन र ट्राफिक नियमको पालना गर्न सबैमा आग्रह गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...