प्रदेश र स्थानीय तहले ध्यान नदिए प्रदेश साक्षर हुन सक्दैन : मन्त्री पुन

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

34
Share
Featured
  • मन्त्री महावीर पुनले प्रदेश र स्थानीय तह सक्रिय नभए मधेश प्रदेश कहिल्यै साक्षर हुन नसक्ने चेतावनी दिए।
  • अब शिक्षा क्षेत्रमा प्रदेश र स्थानीय तहले अगुवाइ गर्ने र केन्द्रले सहयोगी भूमिका खेल्ने उनको भनाइ छ।
  • विद्यालयमा राजनीतिकरण, व्यवस्थापन समितिको मनोमानी र विद्यार्थीबिनै तलब खाने शिक्षक नै शिक्षाको स्तर खस्किनुको मुख्य कारण रहेको उनले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले प्रदेश सरकार र स्थानीय तहले ध्यान नदिए मधेश प्रदेश कहिल्यै साक्षर हुन नसक्ने बताएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायलद्वारा जनकपुरधाममा आईतबार आयोजित साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी १ दिवसीय गोष्ठीमा बोल्दै मन्त्री पुनले मधेश प्रेदश र स्थानीय तहलाई अगाडि आएर शिक्षा सम्बन्धी समस्याहरुको निधानका लागि पहल गर्नु पर्ने बताए ।

उनले अहिले सम्मको इतिहास हेर्दा केन्द्रले अगाडि बसेर काम गर्ने र प्रदेश र स्थानीय तहले पछाडि बसेर काम गर्ने गरेको देखिएको जानकारी दिए । मन्त्री पुनले अब प्रदेश सरकार र स्थानीय तहलाई अगाडि आएर काम गर्न र केन्द्र सरकारले पछाडि बसेर त्यसमा सहयोग गर्ने बताए ।

मन्त्री पुनले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने सरकारको लक्ष्य रहेको जानकारी दिए । उनले तीनै तहको सरकारले मिलेर काम गरे मधेश साक्षर प्रदेश चाँडै घोषणा हुने बताए ।

विद्यायलहरुमा राजनीतिकरण हावी हुनु नै मधेश प्रदेशको शिक्षाको स्तर खस्किनुको मुख्य कारण रहेको मन्त्री पुनले बताए । उनले देशभरिमै ५० प्रतिसत भन्दा बढी गुनासो मधेश प्रदेशबाटै आउने गरेको जानकारी दिए । उनले विद्यालयहरुमा व्यवस्थापन समितिले मनोमानी गरेको गुनासोहरु मधेश प्रदेशबाट दिनहु आउने गरेको बताए ।

मन्त्री पुनले मधेश प्रदेशको कतिपय विद्यालयहरुमा शिक्षकले तलप खाइरहेको तर विद्यार्थी भने एउटा पनि नरहेको पाइएको बताए । उनले ती विद्यालयहरुको नाम संकलन गर्ने कार्य भइरहेको जानकारी दिए ।

यो समाचारमा

काठमाडौँमहावीर पुनमधेश प्रदेशजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...