राष्ट्रिय हित र जेनजी आन्दोलनले उठाएका मुद्धाहरुमा सहकार्य गर्न सधैं तयार छौं

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

16
Share
Featured
  • सन्तोष परियारले राष्ट्रिय हित, जनजीविका र जेन–जी आन्दोलनका मुद्दामा विचार मिले सहकार्य गर्न प्रगतिशील लोकतान्त्रिक पार्टी सधैं तयार रहेको बताएका छन्।
  • पार्टीको नेतृत्व समावेशी र सामूहिक भएकाले समानुपातिक बन्द सूची तयार गर्न कुनै कठिनाइ नभएको उनको भनाइ छ।
  • रास्वपा र बालेनसँगको सम्भावित सहकार्य देश र जनताको हितमा भए खुला रहेको र पार्टीमा जेन–जी नेतृत्वको उल्लेख्य प्रतिनिधित्व रहेको उनले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रगतिशिल लोकतान्त्रिक पार्टीमा गएका सन्तोष परियारले राष्ट्रिय हित र जेनजी आन्दोलनले उठाएका मुद्धाहरुमा सहकार्य गर्न सधैं तयार रहेको बताएका छन् ।

सोमबार समानुपातिकको बन्द सूची दर्ता गर्न निर्वाचन आयोग पुगेका उनले मुद्धा, राष्ट्रिय हित, जनजीविकाको हिसाबमा विचार मिल्यो भने सहकार्य गर्नको लागि सहज हुने संगठनसँग सधैं सहकार्य गर्ने बताए ।

उनले भने, ‘मुद्धा, राष्ट्रिय हित, जनजीविकाको हिसाबमा र पछिल्लो समय जेनजी आन्दोलनले उठाएका मुद्धाहरुमा सहकार्य गर्नको लागि हाम्रो संगठनलाई सहज हुने संगठनसँग हामी सधैं सहकार्य गर्छौ ।’

यस्तै, उनले नेतृत्व एकदम समावेशी, सामुहिक भएको हुनाले समानुपातिकको बन्द सूची तयार गर्न असहज नभएको बताए ।

उनले भने, ‘हाम्रो नेतृत्व एकदम समावेशी, सामुहिक र हामी आफै पनि समावेशि भएको कारण समानुपातिक निर्वाचन प्रणालीको जुन विभाजन छ त्यसको लागि हामी पहिलै देखि तयारीमा थियौ । त्यसकारण हाम्रो लागि खासै असहज भएन ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीबालेन्द्र शाह (बालेन)को सहकार्य देश र जनताको हितमा रहोस भन्दै सहकार्य गर्ने कुरामा छलफल भयो भने नगर्नुपर्ने ठाँउ कतै नरहेको पनि बताए ।

उनले भने, ‘रास्वपा र बालेनजीको जुन सहकार्य छ त्यो सहकार्य देश र जनताको हितमा रहोस हाम्रो शुभकामना छ । सहकार्य गर्ने कुरामा छलफल भएको छैन्, यदि भयो र सहकार्य गर्नै पर्ने भयो भने नगर्नुपर्ने ठाँउ पनि कतै छैन् ।’

जेनजीको धेरै नेतृत्व नै आफ्नो पार्टीमा रहेको भन्दै त्यसकारण समानुपातिक सूचीमा पनि सबैभन्दा बढि जेनजी प्रतिनिधि आफ्नै पार्टीमा रहेको पनि उनको भनाई छ ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीसन्तोष परियारनिर्वाचन आयोग
बालेन्द्र शाह (बालेन)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...