एउटै मञ्चबाट गृहमन्त्री र मुख्यमन्त्रीको फरक फरक अभिव्यक्ति

Author

सजिलो पत्रिका

२०८२ पुस ०९, बुधबार

36
Share
Featured
  • कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठिमा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्धारित मितिमै स्वतन्त्र, निष्पक्ष र भय–रहित प्रतिनिधिसभा निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए।
  • मुख्यमन्त्री यामलाल कँडेलले भने प्रमुख राजनीतिक दललाई पाखा लगाएर निर्वाचन सम्भव नभएको भन्दै दलहरूबीच सहमति बिना चुनावी वातावरण बन्न नसक्ने धारणा राखे।
  • वर्तमान सुरक्षा अवस्था र सुरक्षाकर्मीको मनोवैज्ञानिक त्रासले भयरहित निर्वाचनमा चुनौती देखिएको भन्दै गोष्ठिमा कर्णालीका सुरक्षा चुनौती विश्लेषण गरी रणनीति तय गरिने जनाइएको छ।
समाचार सारांशGenerated using AI.


गृहमन्त्रालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को संयुक्त आयोजनामा गृहमन्त्री प्रमूख अतिथि, मुख्यमन्त्री बिशेष अतिथि कार्यक्रमको बिषय प्रदेशस्तरीय सुरक्षा गोष्ठि । मञ्च एउटै बिषयबस्तु एउटै तर मुख्यमन्त्री र गृहमन्त्रीको फरक फरक अभिव्यक्तिले कार्यक्रमका सहभागिलाई समेत अन्योल बनायो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराउन प्रतिबद्ध भएको बताइरहँदा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई पाखा लगाएर कसरी चुनाव गराउन सकिन्छ ? भनि प्रश्न गरे ।

कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको प्रमुख काम निर्वाचन सफलतापूर्वक कार्यान्वयन गर्नु रहेको भन्दै निर्धारित मितिमै स्वतन्त्र, निष्पक्ष र भय–रहित रूपमा निर्वाचन सम्पन्न सम्पन्न गराउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।

‘जेनजी आन्दोलनको बलमा बनेको यो सरकारका लागि घोषित मितिमा निर्वाचन गर्नु प्रमुख कार्यभार हो’ उनले भने, ‘मौसम प्रतिकुलताका कारण एकाध स्थानमा निर्वाचन हुन नसके पनि सरकार घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी तयारी गरिरहेको छ । चुनावका लागि राजनीतिक दलहरु पनि क्रमिक रुपमा तयारीमा लागेको गृहमन्त्रीको भनाई छ ।

‘चुनावका लागि राजनीतिक दलहरु पनि तयारीमा रहेको बुझेका छौँ ’ उनले भने, युवा पुस्तालाई दलहरुमा सहभागि गराउनेतर्फ पनि दलहरुले प्रयास गरिरहेकै छन् ।’ जेनजी पुस्ताको मागहरु सम्बोधन गरेरै मुलुकमा सुशासन कायम गर्नुपर्ने उनको भनाई छ । जेनजी पुस्ताको मागका सम्बन्धमा सरकारबीच भएको सम्झौता अनुसार अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

सोही कार्यक्रममा बोल्दै कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलले प्रमुख राजनीतिक दलहरुलाई पाखा राख्ने निर्वाचन गराउने सोच त्याग्न सरकारलाई सुझाव दिए ।

‘निर्वाचनको विषयमा थुप्रै संशयहरु उत्पन्न भएका छन्’ मुख्यमन्त्री कँडेलले भने, ‘दलहरूबीचको सहमतिले मात्र निर्वाचनको वातावरण बनाउन सकिन्छ । दलहरुलाई पाखा लगाएर निर्वाचन गर्न सकिने अवस्था रहँदैन ।’ सरकारका कतिपय गतिविधिकै कारण निर्वाचनको वातावरण तयार नभएको अनको भनाई छ ।

भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षाको प्रत्याभूति हुनु प्रमुख विषय भएको भन्दै वर्तमान सुरक्षा अवस्थाले भयरहित वातावरण बन्न नसकेको उनले बताए ।

सुरक्षाकर्मीमा समेत मनोवैज्ञानिक त्रास रहेको भन्दै निर्वाचनको वातावरण बनाउन सुरक्षाकर्मी त्रसित मनोविज्ञानबाट मुक्त हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘यहाँ व्यक्त नभएपनि सुरक्षाकर्मी साथीहरु एक प्रकारले मनोवैज्ञानिक रुपमा त्रसित हुनुहुन्छ’ उनले भने, ‘उहाँलाई दिइएको हतियार परिआएमा प्रयोग गर्ने वा नगर्ने द्विविधा हुनुहुन्छ यस्तो अन्यौलपूर्ण अवस्थामा निर्वाचनको वातावरण कसरी बन्न सक्ला ?’ उनले प्रश्न गरे ।

कार्यक्रममा प्रदेश प्रमुख सचिव वीरेन्द्रकुमार यादव, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक टेकेन्द्र कार्की, र पृतनापति उपरथी दीपेशजंग थापा लगायतको उपस्थिति रहेको थियो ।

गोष्ठिमा कर्णालीको विशिष्ट सुरक्षा चुनौती विश्लेषण गरी रणनीति तयार गरिने जनाइएको छ । गोष्ठिमा कर्णालीका १० वटै जिल्लाका सुरक्षा अधिकारीहरूले जिल्लागत सुरक्षा चुनौतीबारे प्रस्तुतीकरण दिने छन् ।

यो समाचारमा

ओमप्रकाश अर्यालराष्ट्रिय अनुसन्धान विभागयामलाल कँडेलकर्णाली प्रदेश
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...