सीडीओदेखि कारागार महानिर्देशकसम्म फेरिए, यस्तो छ सरुवाको सूची

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

19
Share
Featured
  • सरकारले आठ जिल्लाका सीडीओसहित ६० जना सहसचिवको सरुवा गरेको छ, जसमा गृह मन्त्रालयका १३ जना सहसचिव अन्य मन्त्रालयमा गएका छन्।
  • निर्वाचन नजिकिँदा एकैपटक सरुवा भए पनि चार दिन बितिसक्दा पनि ती जिल्लामा नयाँ सीडीओ खटाइएको छैन।
  • सीडीओ नहुँदा जिल्ला प्रशासन कार्यालयहरू नेतृत्वविहीन बनेका छन् र शान्ति–सुरक्षामा असर पर्न सक्ने चिन्ता देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ६० जना सहसचिवको सरुवा गरेको छ । पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार गृह मन्त्रलयका १३ जना सहसचिव अन्य मन्त्रालयमा सरुवा भएका छन् ।

सरुवा हुनेमा लमजुङ, खोटाङ, इलाम, सल्यान, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाराका प्रमुख जिल्ला अधिकारीहरू रहेका छन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको र जिल्लामा शान्ति सुरक्षाको नेतृत्व सीडीओले गर्ने संवेदनशील समयमा एकैपटक ठूलो संख्यामा सरुवा गरिएको हो । तर, सरुवा भएको चार दिन बितिसक्दा पनि ती जिल्लाहरूमा नयाँ सीडीओ पठाइएको छैन, जसले गर्दा जिल्ला प्रशासन कार्यालयहरू नेतृत्वविहीन बनेका छन् ।

गृह मन्त्रालयबाट १३ जना सहसचिव बाहिरिँदा अन्य मन्त्रालयबाट सात जना मात्रै भित्रिएका छन् । सरुवामा कारागार व्यवस्थापन विभागका महानिर्देशक र गृहको विपद् व्यवस्थापन महाशाखा प्रमुख पनि परेका छन् ।

यो समाचारमा

लमजुङबारासिन्धुपाल्चोकनवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
सल्यान9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ

    Data is loading...

    Loading brands...

    Loading footer...