जेनजी आन्दोलनको उपलब्धीलाई संरक्षण गर्न सबैको सहकार्य आवश्यक : कृष्ण पहाडीले

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

21
Share
Featured
  • मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले जेनजी आन्दोलनको उपलब्धी संरक्षण गर्न सबैको सहकार्य आवश्यक रहेको बताए।
  • उनले भ्रष्टाचारमुक्त नेपाल बनाउने उद्देश्यका लागि आरोप–प्रत्यारोपमा होइन, सहकार्यमा जोड दिनुपर्ने बताए।
  • नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले दोषीलाई स्पष्ट पार्नुपर्ने सम्झौताको पक्षमा नभएको जनाए।
  • दुवै नेताले हिजोका घटनाबाट पाठ सिकेर शान्तिपूर्ण र वैधानिक प्रजातन्त्र स्थापना गर्ने आवश्यकतामा जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले जेनजी आन्दोलनको उपलब्धीलाई संरक्षण गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘जेन–जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौता’ बारे राजनीतिक तथा नागरिक समाजको दृष्टिकोण गोलमेच छलफल कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको उपलब्धीलाई संरक्षण गरेर साँच्चिनै भ्रष्टाचारमुक्त नेपाल बनाउनु पर्ने भन्दै त्यसको लागि आरोप प्रत्यारोप होईन सहकार्य गर्नुपर्ने बताए ।

उनले भने, ‘जेनजी आन्दोलनको उपलब्धीलाई संरक्षण गरेर साँच्चिनै भ्रष्टाचार न्यूनिकरण गरेको नेपाल बनाउनको लागि आरोप प्रत्यारोप गरेर हुँदन,ै चुनाव गर्ने हो भने हामीले सहकार्य गर्नुपर्छ ।’

सोही क्रममा नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजालले यो आन्दोलनमा दोषि जो भएपनि त्यसलाई चोखाउनुपर्छ भन्ने सम्झौता गरेको कुरा पनि आएको भन्दै यसलाई मान्न तयार नभएको बताए ।

उनले भने, ‘सम्झौता जति नै गरेपनि जिम्मेवारी लिनु पर्दैन । यो घटनामा दोषि जो भएपनि त्यसलाई चोखाउनुपर्छ भन्ने सम्झौता गरेको कुरा पनि आएको छ, म यो कुरालाई मान्न तयार छैन ।’

हिजोका घटनाबाट पाठ सिक्ने हो र भोली देश कस्तो बनाउने भन्ने तर्फ अगाडि बढ्नुपर्ने भन्दै नेपालमा शान्तिपूर्ण र वैधानिक तवरले पूर्ण प्रजातन्त्र स्थापना गर्ने तर्फ जानुपर्ने उनको भनाई छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...