एकपछि अर्को नेता बाहिरिँदा पनि किन मौन छ रास्वपा?

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

15
Share
Featured
  • सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले जेलभित्रैबाट पार्टी सञ्चालन गरिरहेको आरोप तीव्र बनेको छ, जसका महत्त्वपूर्ण निर्णयहरू समेत उनको निर्देशनमै हुने बताइएको छ।
  • पार्टीका शीर्ष नेता नियमित रुपमा कारागार पुगेर पार्टी निर्णय र रणनीतिका विषयमा परामर्श लिने गरेकाले केही नेताहरूमा असन्तुष्टि बढेको छ, जसका कारण सुमना श्रेष्ठ र सन्तोष परियारले पार्टी छाडिसकेका छन्।
  • नेताहरू विपिन आचार्य र पुकार बमले भने यी आरोप अस्वीकार गर्दै पार्टी विधि–पद्धति अनुसार चलेको दाबी गरेका छन्, तर सभापतिको प्रभाव र रास्वपाको भविष्यबारे बहस निरन्तर जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सहकारी ठगी मुद्दामा आठ महिनादेखि पुर्पक्षका लागि नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले जेलभित्रैबाट पार्टी सञ्चालन गरिरहेको चर्चा चुलिएको छ । पार्टीका महत्त्वपूर्ण निर्णयहरू उनकै सहमति र निर्देशनमा हुने गरेको आरोप पार्टीभित्रैबाट लाग्न थालेको छ ।

कार्यवाहक सभापति डोल प्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी लगायतका शीर्ष नेताहरूले नियमित रूपमा कारागारमा पुगेर रविलाई भेट्ने र पार्टीका निर्णयबारे ब्रिफिङ तथा आगामी योजनाका लागि सहमति लिने गरेको बताइएको छ । हालै विवेकशील साझा पार्टीसँगको एकता घोषणा सभामा समेत लामिछानेले तीनबुँदे सन्देश पठाएका थिए, जसले पार्टीमा उनको सक्रियतालाई पुष्टि गर्छ ।

तर, पार्टीका हरेक निर्णयमा सभापति हाबी भएको भन्दै असन्तुष्टि पनि बढेको छ । ‘नख्खुबाट जे आदेश आउँछ, त्यही हुन्छ’ भन्दै केही नेताहरूले असन्तुष्टि जनाएका छन् । यही असन्तुष्टिका कारण पूर्वसहमहामन्त्री सुमना श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियार जस्ता नेताहरूले पार्टी छाडिसकेका छन् । उनीहरूले नेतृत्वले गल्ती नस्वीकार्ने र आलोचना गर्नेमाथि ‘मिडिया ट्रायल’ गर्ने गरेको आरोप लगाएका छन् ।

यद्यपि, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य र नेता पुकार बमले भने यी आरोपहरूको खण्डन गरेका छन् । उनीहरूले पार्टी सभापतिको हैसियतले महत्त्वपूर्ण विषयमा उनीसँग परामर्श लिनु स्वाभाविक भएको तर पार्टी विधि र पद्धतिअनुसार नै चलेको दाबी गरेका छन् ।

२०७९ सालमा स्थापना भएको पाँच महिनामै २१ सिट जितेर चर्चामा आएको रास्वपामा संस्थापक सभापति नै ठगी र संगठित अपराधजस्ता गम्भीर मुद्दामा जेल परेपछि उनको प्रभाव र भविष्यबारे पार्टीभित्र र बाहिर बहस जारी छ ।

यो समाचारमा

स्वर्णिम वाग्लेराष्ट्रिय स्वतन्त्र पार्टीडोल प्रसाद अर्यालकाठमाडौँ
नख्खु कारागार7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...