घुस प्रकरणमा सुनिल पौडेललाई ८ वर्ष कैद सजाय

Author

सजिलो पत्रिका

२०८३ असार ३२, बिहिबार

4
Share
Featured
  • विशेष अदालतले नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई घुस प्रकरणमा ८ वर्ष कैद सजाय सुनाएको छ।
  • घुस दिने व्यवसायी दिपक आनन्दलाई पनि ८ वर्षकै कैद सजाय भएको छ।
  • अदालतले घुस लेनदेन पुष्टि भएपछि दुवैलाई दोषी ठहर गरेको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको अभियोगमा आठ वर्ष कैद सजाय सुनाएको छ। अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गर्दै उक्त सजाय तोकेको हो।

अदालतले पौडेललाई घुस दिने व्यवसायी दिपक आनन्दलाई पनि आठ वर्षकै कैद सजाय सुनाएको छ। पौडेलले व्यवसायी आनन्दसँग घुस मागेको पुष्टि भएपछि अदालतले दुवैलाई समान सजाय तोकेको हो। यसअघि पनि विभिन्न भ्रष्टाचार मुद्दामा मुछिएका पौडेललाई विशेष अदालतको यो फैसलाले थप कानुनी संकटमा पारेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...