वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

Author

सजिलो पत्रिका

२०८३ असार ३२, बिहिबार

5
Share
Featured
  • वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी रामचन्द्र खड्का र पूर्णबहादुर मल्ल पक्राउ परेका छन्।
  • खड्का इमाडोलबाट र मल्ल बूढानीलकण्ठबाट पक्राउ परेका हुन्।
  • पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।

खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति जारी भएको थियो। त्यस्तै, जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भई फरार रहेका मल्ललाई बूढानीलकण्ठबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका खड्कालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग र मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।त्यस अवसरमा उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसैगरी, परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उनले आजै भेट गरे ।

    Data is loading...

    Loading brands...

    Loading footer...