सन्तोष परियारले गरे रास्वपा परित्याग

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार १५:०८

24
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेर राजीनामा बुझाएका छन्।
  • प्रवक्ता मनिष झालका अनुसार परियार अब नयाँ राजनीतिक अभियान शुरू गर्ने योजना बनाइिरहेका छन्।
  • पार्टी छोडेसँगै परियारले ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक सन्तोष परियारले रास्वपा परित्याग गरेका छन् । 

उनले आफ्नो राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डिपि अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

परियार अब राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा रहेको पनि झाले बताए । प्रवक्ता मनिष झाले आगामी यात्राको लागि परियारलाई शुभकामना समेत दिएका छन् । 

उनले सामाजिक सञ्जालका लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्व सांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारज्यूले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ । राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भयो । आगामी यात्राको लागि उहाँलाई शुभकामना ।’

राजिनामासँगै परियारले ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा पनि गरेका छन् ।

यो समाचारमा

कविन्द्र बुर्लाकोटीराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँसन्तोष परियार

ट्यागहरू

#सामाजिक सञ्जाल प्लेटफर्म#सन्तोष परियार#प्रतिनिधि सभा#राष्ट्रिय स्वतन्त्र पार्टी#घोषणा#जानकारी#राजीनामा#सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    भर्खरै

    News Image

    आज पनि स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम

    News Image

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    News Image

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    News Image

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू