सुशीला कार्कीको औचित्य समाप्त भयो, राजीनामा दिनुपर्छ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

30
Share
Featured
  • ‘पहिला देश (पिलुल्स रिभोल्यूसन)’ले मंसिर ५ देखि पौष १० गतेसम्म पूर्वको पाथीभरादेखि पश्चिमको लिम्पियाधुरासम्म महासंकल्प यात्रा सञ्चालन गर्ने घोषणा गरेको छ।
  • अभियानका क्रममा सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको विस्थापन र जेनजी आन्दोलनका बलिदानको अवमूल्यन गर्ने प्रधानमन्त्री कार्कीको राजीनामा माग गरिएको छ।
  • यात्रा विभिन्न जिल्लामा हुने गरी मंसिर ५ देखि पुष ४ सम्म कार्यक्रम तय गरिएको छ भने पुष १५ गते काठमाडौंमा वृहत राष्ट्रिय भेला आयोजना गर्ने योजना रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


पहिला देश(पिलुल्स रिभोल्यूसन)ले मंसिर ५ गतेदेखि पौष १० गतेसम्म पूर्वको पाथीभरादेखि पश्चिम लिम्यिाधुरासम्म महासंकल्प यात्राको घोषणा गरेको छ ।

‘पहिला देश’ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सुशीला कार्की नेतृत्वको सरकारको विस्थापनको मागसमेत गरेको छ ।

पहिला देशका संयोजक एसपी शाहले वर्तमान सरकारले जेन्जीको बलिदानको अवमूल्यन गरेर पुरानै बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरुले उनको विस्थापन र देशको निकासका लागि संघर्षको घोषणा गर्नुपरेको बताए ।

पहिला देशका प्रवक्ता डा.निकोलस भुसालले जेनजी युवाहरुलाई गोली हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पक्राउ गर्नुको सट्टा आफूहरुलाई पक्रने कार्य गैरन्यायीक भएको जिकिर गरेका छन् ।

बदलिदो परिस्थिति अनुसार देशलाई नयाँ निकास दिनुको सट्टा भ्रष्टाचार र कुशासनलाई नै निरन्तरता दिने वर्तमान सरकारका प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने भुसालले बताए ।

पहिला देशका सचिवालय सदस्य धरणीधर दाहालले सुशीला कार्की सिंहदरवारमा फोटो झुन्ड्याउन मात्रै आएको जिकिर गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन नहुने आवस्थामा फागुन २१ गते चुनाव हुन नदिने चेतावनी दिए ।

संकल्प यात्रा अभियानः

मंसिर ५ गते ताप्लेजुङपाँचथर,मंसिर ६ गते इलामझापा,७ गते मोरङसुनसरी,९ गते धनकुटा–भोजपुर, १० गते खोटाङ,११ गते ओखलढुङ्गासिन्धुली, १३ गते सप्तरी,सिराहाधनुषा, १५ गते बारा, र रौतहट, १६ गते मकवानपुर, चितवन र नवलपरासी, १८ गते रुपन्देही,कपिलवस्तुदाङ, १९ गते प्युठान,रोल्पापूर्वी रूकुम,२१ गते सल्यानजाजरकोट,२१ गते सुर्खेतदैलेख,२३ जुम्लाकालिकोट, २५ बझाङबाजुरा, २६ गते दार्चुलाबैतडी,२८ गते डडेलधुराकञ्चनपुर जिल्ला, ३० गते कैलालीडोटी, पुष १ गते अछाम, ३ गते बाँकेबर्दिया, ४ गते लिम्पियाधुारा ।

त्यसैगरी काठमाडौं र वरिपरिका ७ जिल्लामा पुष ७ गतेदेखि १० गतेसम्म पहिला देश(पिलुल्स रिभोल्यूसन)ले अभियान चलाउने जानकारी दिएको छ ।

देश दौडाहा सकेपछि पुष १५ गते राजधानी काठमाडौंमा वृहत राष्ट्रिय भेला गर्ने अभियानले जनाएको छ ।

यो समाचारमा

बैतडीसिन्धुलीसप्तरीधनुषा
इलाम43 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...