श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

Author

सजिलो पत्रिका

२०८३ साउन ०३, आइतबार

9
Share
Featured
  • नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलंका भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।
  • उनले ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।
  • भ्रमणका क्रममा श्रीलंकाली कम्युनिस्ट नेताहरूसँग राजनीतिक सहकार्य, सुशासन र आर्थिक विकासबारे छलफल गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। जुलाई १५ मा श्रीलंका प्रस्थान गरेका उनले त्यहाँ आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।

भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाको सत्तारुढ दल जनता विमुक्ति पेरामुना (जेभीपी) र श्रीलंकाली कम्युनिस्ट पार्टीका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे। भेटमा दुई देशका कम्युनिस्ट आन्दोलन, राजनीतिक सहकार्य, सुशासन र आर्थिक विकासका साझा मुद्दाहरूमा छलफल भएको थियो।

प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न देशका राजनीतिक दलका नेता र बौद्धिक व्यक्तित्वहरूसँग पनि भेटघाट गरेका थिए। नेकपाले यो भ्रमणबाट नेपालको कम्युनिस्ट आन्दोलनका अनुभव अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन र दक्षिण एसियाली प्रगतिशील शक्तिहरूसँगको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको जनाएको छ।

यो समाचारमा

पुष्पकमल दाहालनेपाल कम्युनिष्ट पार्टीश्रीलंका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...