जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

Author

सजिलो पत्रिका

२०८३ साउन ०३, आइतबार

5
Share
Featured
  • नेपाल विद्युत् प्राधिकरणले पीपीए भएका जलविद्युत् आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको छ।
  • २५% भन्दा बढी प्रगति भएका आयोजनाको आरसीओडी अवधि थप गरिनेछ।
  • कम प्रगति वा सर्त उल्लंघन गर्ने आयोजनालाई नोटिस दिई सुधार नभए पीपीए रद्द गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूलाई चार समूहमा वर्गीकरण गरी व्यवस्थापन गर्ने भएको छ। असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति र दायित्व पूरा गरेको अवस्थाका आधारमा 'क', 'ख', 'ग' र 'घ' समूहमा विभाजन गर्ने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार समयमै काम गरिरहेका आयोजना समूह 'क' मा रहनेछन्। प्राधिकरणका कारण वा काबुबाहिरको परिस्थितिले ढिलाइ भएका र २५ प्रतिशतभन्दा बढी भौतिक प्रगति गरेका आयोजनालाई समूह 'ख' मा राखी व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति (आरसीओडी) थप गरिनेछ।

यता, आरसीओडी अवधिभित्र २५ प्रतिशतभन्दा कम प्रगति गरेका र पीपीएका सर्त पालना नगरेका आयोजनालाई समूह 'ग' मा राखी 'नोटिस अफ डिफल्ट' जारी गरिनेछ। सुधार नभए सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाइनेछ। आरसीओडी सकिएर पनि दायित्व पूरा नगरेका वा अनुमतिपत्र खारेज भएका आयोजना समूह 'घ' मा पर्नेछन्। यो व्यवस्थाले अलपत्र आयोजनाको पहिचान गरी विद्युत् व्यवस्थापनलाई थप पारदर्शी र उत्तरदायी बनाउने प्राधिकरणको अपेक्षा छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...