कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

Author

सजिलो पत्रिका

२०८३ साउन ०३, आइतबार

4
Share
Featured
  • कार्यकारी निर्देशक दीर्घबहादुर रावलले कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै स्पष्ट हुनुपर्ने बताएका छन्।
  • उनले 'सचेत गराउने' र 'अयोग्य ठहरिने' व्यवस्थाबीचको अन्योल हटाउन सुझाव दिएका छन्।
  • ठूला सहकारीको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणले काम सुरु गरिसकेको जानकारी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले बैंक तथा वित्तीय संस्थाका पदाधिकारीमाथि हुने कारबाही र उनीहरूको भविष्यको योग्यताका विषयमा ऐनमै स्पष्ट व्यवस्था हुनुपर्ने माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८' को संशोधन विधेयकमाथिको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।

रावलले प्रस्तावित विधेयकको दफा १०० मा रहेको 'सचेत गराउने' र 'अयोग्य ठहरिने' व्यवस्थाबीचको अन्यौलता हटाउनुपर्नेमा जोड दिए। खेलको उदाहरण दिँदै उनले हालको मस्यौदाले पहेंलो कार्ड (चेतावनी) पाउँदा र रातो कार्ड (निष्कासन) पाउँदा दुवै अवस्थामा खेलबाट बाहिरिनुपर्ने जस्तो दुविधा उत्पन्न गराएको टिप्पणी गरे।

उनले कारबाही भोगेर पदमुक्त भएका व्यक्तिहरू भविष्यमा पुनः नेतृत्वका लागि योग्य हुने वा नहुने भन्ने प्राविधिक विषयलाई ऐनमै समेट्न सुझाव दिए। छलफलमा सहभागी बैंकर्सहरूले पनि कारबाही सम्बन्धी प्रस्तावित कडा व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्। यस्तै, रावलले ठूला सहकारीको नियमनका लागि 'राष्ट्रिय सहकारी नियमन प्राधिकरण' ले काम सुरु गरिसकेको जानकारी समेत दिए।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...