विप्लव, घनश्याम र जनार्दन एकै ठाउँमा, नयाँ विकल्पमा जाने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

17
Share
Featured

काठमाडौं।  नेकपाका महासचिवनेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिवघनश्याम भूसाल र प्रगतिशील राष्ट्रिय अभियानका ले संयुक्त वक्तव्य निकाल्दै नयाँ राजनीतिक पहलका लागि आह्वान गरेका छन्।

उनीहरूको वक्तव्यमा हालको सत्ता नेतृत्वलाई गैरजिम्मेवार ठहर गरेका छन् । उनीहरूले राजनीतिक दलहरू जनताबाट टाढा गइरहेको बताएका छन्।

भदौ २३ गतेको जेन-जी आन्दोलन र त्यसपछिका घटनाहरूले दलहरूको असक्षमता उजागर गरेको उनीहरूले उल्लेख गरेका छन् ।

‘पुराना दल र तिनका नेताहरूले पुरानै संरचना र तरिका जोडजाड गरेर आफ्नो वर्चस्व बचाउन खोज्नु मुलुकलाई अझ संकटतर्फ धकेल्ने कार्य हो,’ उनीहरूले भनेका छन्।

संयुक्त वक्तव्यमा जनता गहिरिँदो निराशा र राष्ट्रिय असुरक्षाबारे चर्चा गर्दै मुलुकलाई प्रगतिशील र लोकतान्त्रिक दिशातर्फ लैजान अब बृहत् मोर्चावन्दीको आवश्यकता रहेको निष्कर्ष निकालिएको छ।

तीन नेताहरूले भनेका छन्, ‘राष्ट्रमाथि आएको चौतर्फी संकटको सामना गर्न सबै प्रतिवद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील र देशभक्तहरूले एकताबद्ध भई ऐतिहासिक पहल लिनुपर्छ।’

यो संयुक्त वक्तव्यले नेपाली वाम राजनीतिमा नयाँ पुनर्संरेखनको संकेत गरेको विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ।



यो समाचारमा

घनश्याम भूसालनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)नेत्रविक्रम चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...