सार्वजनिक सवारी दर्ता दुई महिनादेखि ठप्प, अटो व्यवसायी अन्योलमा

Author

सजिलो पत्रिका

२०८३ साउन ०५, मङ्गलबार

5
Share
Featured
  • सार्वजनिक सवारीको नयाँ दर्ता दुई महिनादेखि बन्द हुँदा दसैँ–तिहारमा नयाँ बस र ट्रकको अभाव हुने जोखिम बढेको छ।
  • दर्ता खुल्ने टुंगो नहुँदा व्यवसायीहरूले नयाँ सवारी आयात प्रक्रिया (एलसी) सुरु गर्न सकेका छैनन्।
  • दर्ता रोकिँदा पर्यटक बस, बडी निर्माण उद्योग र अटोमोबाइल क्षेत्रमा समेत नकारात्मक असर परेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोकेको दुई महिना बितिसक्दा पनि खुलाउने छाँटकाँट नदेखाएपछि अटोमोबाइल र यातायात व्यवसायी अन्योलमा परेका छन्। गत जेठ ७ गतेदेखि देशभर सार्वजनिक सवारीको दर्ता स्थगित गरिएको छ, जसका कारण आगामी दसैँ–तिहारका लागि आवश्यक नयाँ बस र ट्रकको बजारमा अभाव हुन सक्ने देखिएको छ।

सामान्यतया विदेशबाट सवारीसाधन आयात गर्न तीन महिनाभन्दा बढी समय लाग्छ। तर, दर्ता कहिले खुल्ने भन्ने निश्चित नहुँदा व्यवसायीहरूले नयाँ आयात प्रक्रिया (एलसी) सुरु गरेका छैनन्। यदि तत्काल दर्ता नखुले दसैँको समयमा थपिने नयाँ सवारीसाधन बजारमा नआउने जोखिम बढेको छ।

यो रोकको असर पर्यटक बस र नेपालमै बडी निर्माण गर्ने उद्योगहरूमा पनि परेको छ। वायु प्रदूषण र ट्राफिक व्यवस्थापनको कारण देखाउँदै सरकारले दर्ता रोके पनि ठोस कार्यतालिका नदिँदा करोडौँको लगानी जोखिममा परेको व्यवसायीहरूको गुनासो छ। सरकारले स्पष्ट योजना सार्वजनिक नगर्दा अटोमोबाइल उद्योग र यातायात क्षेत्र दुवै संकटमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत 'समता कर' फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत 'समता कर' (समता शुल्क) हटाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि यो कर लागू नगर्ने निर्णय भएको जानकारी दिएका हुन्।प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत यो कर कार्यान्वयन गर्दा आम नागरिकले थप आर्थिक भार

    Data is loading...

    Loading brands...

    Loading footer...