बस्नेतको चुनौती: 'मलाई समातेर देखाउनुस्, सयौँ पटक जेल जान तयार छु'

Author

सजिलो पत्रिका

२०८२ असोज २२, बुधबार

19
Share
Featured
  • नेकपा एमाले नेता महेश बस्नेतले मेयर बालेन शाह र 'हामी नेपाल' का संयोजक सुधन गुरुङका साथीसँग मिलेर आफूलाई पक्राउ गराउन योजना बनाएको गम्भीर आरोप लगाए।
  • उनले सामाजिक सञ्जालमा दबाब सिर्जना हुने, प्रधानमन्त्री/गृहमन्त्री सल्लाहअनुसार डेलिगेसन जानेलगायतको प्रक्रियामा संलग्नता र सुधनलाई विदेशी एजेन्टको रूपमा प्रयोग गरिएको दाबी गर्दै जेएनजी आन्दोलन घटनाको निष्पक्ष छानबिनको माग गरे।
  • बस्नेतले दिइएको मुद्दा र गिरफ्तार प्रयत्नलाई षड्यन्त्र भनेका छन् — अदालतले केही अस्वीकृत गरेकाले उनले भाग्ने छैनन् र लोकतन्त्रका लागि जेल जान तयार रहेको घोषणा गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)को योजनामा 'हामी नेपाल' का संयोजक सुदन गुरुङ आफूलाई पक्राउ गराउन हिँडेको गम्भीर आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले बालेनकै योजनामा आफूसहित खड्गप्रसाद शर्मा ओलीरमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइएको जिकिर गरे।

बस्नेतले भने, "हामीलाई पक्राउ गर्नुपर्छ भनेर सोसल मिडियामा ट्रेन्ड चलाउँछन्। र प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा डेलिगेसन जान्छन्।" उनले सुधन गुरुङलाई विदेशी एजेन्टको रूपमा प्रयोग गरेर सरकारी उच्च तहको बैठकमा समेत पठाएको दाबी गरे। बस्नेतले जेनजी आन्दोलनको क्रममा भएको घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गरे।
उनले रवि लामिछानेलाई जेलबाट छुटाउन नख्खु कारागार पुगेका डिपी अर्याल, मनिष झा, ज्वाला संग्रौलालगायतमाथि पनि छानबिन गर्न माग गरे। फूलपातीको दिनदेखि आजसम्म आफूलाई पक्राउ गर्ने प्रयास भइरहेको बताउँदै बस्नेतले भने, "हुँदै नभएको मुद्दा सिर्जना गरेर, पात्रहरू खडा गरेर, गिरफ्तार गर्ने प्रयास भयो, अदालतले सरकारको त्यो षड्यन्त्रलाई स्वीकार गरेन। हिजो मेराविरुद्ध पक्राउ पुर्जी जारी गर्न दलबलसहित गएको प्रहरीलाई अदालतले फिर्ता गरिदियो।"
उनले आफ्नो आवाज थुन्नको लागि षड्यन्त्र गरिएको बताए। ५ महिना अगाडि प्रमाण नपुग्ने भनेर तामेलीमा राखेको मुद्दा अहिले दबाबमा खोलिएको भन्दै आजै मात्रै पनि आफू बयान दिएर आएको बताए। बस्नेतले चुनौती दिँदै भने, "म भाग्न चीन भारत कहीँ भएको छैन। यही बस्छ, गुन्डुमै बस्छ। मलाई समातेर देखाउनुस्। लोकतन्त्र, राष्ट्रियता र विधिको शासनको लागि एक पटक होइन, सयौँ पटक जेल जान तयार छु।"

यो समाचारमा

सुदन गुरुङरवि लामिछानेमनिष झाखड्गप्रसाद शर्मा ओली
महेश बस्नेत9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...