जेनजी युवाका गतिविधि बढेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा

Author

सजिलो पत्रिका

२०८२ असोज २१, मङ्गलबार

15
Share
Featured
  • जेनजी युवाहरूका गतिविधि बढ्दै गएपछि काठमाडौंमा सुरक्षा कडा पारिएको छ, विशेष गरी संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी र राजनीतिक नेतामाथि दबाबका कारण।
  • जेनजी युवाहरू सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित अन्य नेतामाथि कारबाहीको माग गरिरहेका छन्।
  • जेनजी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र सबै आयुक्तहरूको राजीनामा माग गर्दै औपचारिक निवेदन दर्ता गराएको छ, र प्रहरीले न्यायिक छानबिनको प्रक्रियालाई प्राथमिकता दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी युवाहरूका गतिविधि बढ्न थालेपछि संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी र जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्ने शीर्षस्थ नेताहरूलाई पक्राउ गर्न चौतर्फी दबाब बढ्न थालेपछि काठमाडौंका मुख्य स्थान र सरकारी कार्यालयहरूमा सुरक्षा व्यवस्था कडा पारिएको हो।

जेनजी पुस्ताका युवाहरूले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन्। उनीहरूले माइतीघर मण्डलामा ओली र लेखकसहित आरजु राणा देउवा, माधवकुमार नेपाल, महेश बस्नेतलगायतका फोटो राखेर उनीहरूमाथि कारबाहीको माग गरेका छन्।

ओली र लेखकलाई पक्राउ गर्नेबारे सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरूसँग छलफल समेत गरेकी थिइन्। यद्यपि, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको घटनाबारे न्यायिक छानबिनका लागि बनाइएको जाँचबुझ आयोगले काम गरिरहेकाले प्रहरीले उजुरी लिनु भनेको मुठभेड निम्त्याउनु भएको हुँदा त्यसको सबै जिम्मा लिने गरी प्रधानमन्त्रीबाट लिखित आदेश आए जाहेरी लिने बताएको बालुवाटार उच्च स्रोतले जनाएको छ।

जेनजीको एक समूहले मंगलबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तहरूको राजीनामाको माग गर्दै औपचारिक रुपमा निवेदन समेत दर्ता गराएका छन्।

यो समाचारमा

महेश बस्नेतरमेश लेखककाठमाडौँआरजु राणा देउवा
माधवकुमार नेपाल6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...