काठमाडौं महानगरको नीति तथा कार्यक्रम प्रस्तुत, बालेनले सुनाए १९ बुँदे योजना

Author

सजिलो पत्रिका

२०८२ असार २९, आइतबार

44
Share
Featured
  • काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्षका लागि १९ बुँदे नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका छन्।
  • प्रस्तुत नीति तथा कार्यक्रमले महानगरको भावी कार्यदिशा, प्राथमिकता र बजेटको मार्गदर्शन गर्ने उद्देश्य राखेको छ।
  • स्रोत तथा अनुमान समितिले आगामी वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ बजेट सीमा निर्धारण गरिसकेको छ, र नीति कार्यक्रम यही सीमा भित्र आधारित रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आइतबार राष्ट्रिय सभा गृहमा आयोजित नगरसभा बैठकमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले १९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेट ल्याउनुअघि प्रस्तुत गरिएको यो नीति तथा कार्यक्रमले महानगरको भावी कार्यदिशा र प्राथमिकताहरू निर्धारण गरेको छ। नगरसभामा पेश हुनुअघि नै आइतबार बिहान बसेको महानगर कार्यपालिकाको बैठकले बजेट पारित गरिसकेको महानगरले जनाएको छ।

गत शुक्रबार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो। आज प्रस्तुत नीति तथा कार्यक्रम सोही बजेट सीमामा आधारित रहनेछ र यसले आगामी बजेटलाई मार्गदर्शन गर्नेछ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँ महानगरपालिकाकाठमाडौँराष्ट्रिय सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...