प्रतिनिधिसभा

आज प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने

Author

सजिलो पत्रिका

२०८२ असार ०८, आइतबार

37
Share
Featured
  • प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
  • युवा तथा खेलकुद, महिला/बालबालिका, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् लगायत मन्त्रालयहरूको खर्च शीर्षकमाथि छलफल हुनेछ।
  • सांसद अमरेश कुमार सिंहले केही मन्त्रालयहरूको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । 

आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरू विभिन्न मन्त्रालयगत छलफल हुनेछ । 

आजको बैठकमा युवा तथा खेलकुद मन्त्रलय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रलय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयहरुबिच छलफल हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयल जनाएको छ । 


बैठकमा आज सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने छन् । 

यस्तै, अमरेश कुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यो समाचारमा

सहरी विकास मन्त्रलयअमरेश कुमार सिंहप्रतिनिधि सभाअर्थ मन्त्रालय
काठमाडौँ6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...