
काठमाडौँरामचन्द्र पौडेलले संघीय संसद्को नयाँ अधिवेशन आह्वान गरेका छन्।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले आगामी वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त अधिवेशन बोलाएका हुन्। यो अधिवेशनलाई सामान्यतया ‘बजेट अधिवेशन’ का रूपमा चिनिन्छ, जसमा सरकार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारीमा रहनेछ।