
काठमाडौँ ।राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन हुने आयोजनाहरूका लागि प्रस्ताव आह्वान गरेको छ ।आयोगले एक सूचना जारी गर्दै सबै प्रदेश सरकार र स्थानीय तहहरूलाई आगामी २०८२ माघ मसान्तभित्र आयोगको विद्युतीय प्रणाली (www.csgrants.gov.np) मार्फत आफ्ना आयोजना तथा कार्यक्रमहरूको प्रस्ताव पेस...