संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यी हुन् कार्यसूची

Author

सजिलो पत्रिका

२०८२ असार ०५, बिहिबार

26
Share
Featured
  • संघीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ।
  • आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु, सात मन्त्रालयको बजेटमा खर्च कटौती प्रस्ताव पेश हुने।
  • रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा माग गर्दै ‘भिजिट भिसा’ प्रकरणमा अवरोध कायमै राख्ने अडान।
  • मन्त्रीहरूको जवाफ, बजेट छलफल, विधेयक समितिमा पठाउने प्रस्ताव र शोक प्रस्तावको कार्यसूची।
समाचार सारांशGenerated using AI.

काठमाडौँ, असार ५ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक (बजेट) अन्तर्गत सातवटा मन्त्रालयको शीर्षकमाथि छलफल सुरु हुने महत्त्वपूर्ण कार्यसूची छ।

वन तथा वातावरण मन्त्रलय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल गर्ने कार्यसूची छ। 

विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेस गर्ने कार्यसूची रहेको जानकारी दिए। 

तर, ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा अवरोध जारी राख्ने अडान लिएकाले बैठक प्रभावित हुने सम्भावना छ। आजको बैठकमा नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन पनि पेश हुनेछ।

राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ। यस्तै, दिउँसो १:१५ बजे बस्ने राष्ट्रिय सभामा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन् भने दिवंगत सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गरिने कार्यसूची रहेको छ।

यो समाचारमा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयवन तथा वातावरण मन्त्रलयराष्ट्रिय प्रजातन्त्र पार्टीकृषि तथा पशुपन्छी विकास मन्त्रालय
राष्ट्रिय स्वतन्त्र पार्टी15 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...