महिला उद्यमीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री शाह

Author

सजिलो पत्रिका

२०८३ असार ३२, बिहिबार

5
Share
Featured
  • प्रधानमन्त्री बालेन शाहले महिला उद्यमीलाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
  • सरकारले कानुनी व्यवधान हटाउने र महिला उद्यमीका उत्पादनको प्रवर्द्धन गर्ने जनाएको छ।
  • महिला उद्यमी महासंघले सहुलियतपूर्ण कर्जा, सार्वजनिक खरिदमा प्राथमिकता र व्यवसायमैत्री वातावरणको माग गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महिला उद्यमीहरूको उद्यमशीलता विकास र प्रवर्द्धनका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले भोगिरहेका कानुनी र व्यावहारिक व्यवधान हटाउन सरकार सक्रिय रहेको बताउँदै उनीहरूका उत्पादनलाई देशका प्रमुख पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण बनाइने जानकारी दिए। उनले महासंघले अघि बढाएको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न आवश्यक सहजीकरण गर्ने आश्वासन समेत दिए।

छलफलका क्रममा महासंघले व्यवसायमैत्री वातावरण, सार्वजनिक खरिद प्रणालीमा प्राथमिकता, र सहुलियतपूर्ण कर्जाको सहज पहुँच सुनिश्चित गर्न माग गरेको थियो। प्रतिनिधिहरूले वित्तीय सहुलियत वास्तविक उद्यमीसम्म नपुगेको गुनासो गर्दै पुँजी अभावमा उद्यम बन्द हुन नदिन वैकल्पिक धितोको व्यवस्था गर्न आग्रह गरेका थिए। महासंघले स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनका लागि दक्ष जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...