
सुर्खेत।वीरेन्द्रनगर नगरपालिकाले काफल बेच्ने महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गर्ने भएको छ। मंगलबार वीरेन्द्रनगरको सिटी बसपार्क नजिकै डोकोमा काफल बेच्दै हिँडेकी महिलामाथि एक नगर प्रहरीले गरेको दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले यस्तो निर्णय लिएको हो।बुधबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...