दुर्व्यवहार आरोपमा नगर प्रहरीमाथि कारबाही

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

20
Share
Featured

काठमाडौँ

वीरेन्द्रनगर नगरपालिकाले महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेका नगर प्रहरीमाथि कारबाही गर्ने जनाएको छ। नगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आवश्यक छानबिनपछि दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएको हो।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा डाले डोकोमा काफल बोकेर बिक्री गर्दै हिँडेकी एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको देखिएको दाबी गरिएको छ। उक्त घटना वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिक मङ्गलबार साँझ भएको बताइएको छ।

घटनापछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ भने नगरपालिकाले विषयलाई गम्भीर रूपमा लिएर आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।


यो समाचारमा

काठमाडौँवीरेन्द्रनगर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...