काफल बेच्ने महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरिने

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

21
Share
Featured
  • वीरेन्द्रनगरमा काफल बेच्ने महिलामाथि दुर्व्यवहार गरेको आरोपमा नगर प्रहरीले कारबाही सामना गर्ने भएको छ।
  • घटना सम्बन्धी भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • नगरपालिकाले पीडित महिलालाई क्षतिपूर्ति दिने र दोषीमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
समाचार सारांशGenerated using AI.

सुर्खेत

वीरेन्द्रनगर नगरपालिकाले काफल बेच्ने महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गर्ने भएको छ। मंगलबार वीरेन्द्रनगरको सिटी बसपार्क नजिकै डोकोमा काफल बेच्दै हिँडेकी महिलामाथि एक नगर प्रहरीले गरेको दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले यस्तो निर्णय लिएको हो।

बुधबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले दोषी नगर प्रहरीलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउने र पीडित महिलालाई भएको क्षतिबापत आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ। नगर प्रहरीको यस्तो अमर्यादित व्यवहारको सर्वत्र आलोचना भइरहेको छ।


यो समाचारमा

सुर्खेतवीरेन्द्रनगर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र (ग्राफ) बर्सेनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ भन्दा आव २०८१/८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको हो।त्यस्तै, आव २०८१/८२ भन्दा आव २०८२/८३ मा एक दशमवल १५ प्रतिशतले अपराध बढेको देखिन्छ ।

    Data is loading...

    Loading brands...

    Loading footer...