काठमाडौँ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पनि आफ्नो पार्टीमा ल्याउने घोषणा गरेका छन्। हालै माओवादी पृष्ठभूमिका नेता तथा पूर्वमन्त्री सुदन किरातीलाई पार्टीमा भित्र्याएका साम्पाङले अबको निशाना घिसिङ भएको संकेत गरेका हुन्।शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै साम्पाङले सुदन किराँतीको आगमनबाट डाह...