चुनावपछि प्रगातिशील लोकतान्त्रिक पार्टीमा संकट, अध्यक्ष परिषदमा २ जना मात्रै बाँकी

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०१, मङ्गलबार

19
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभा निर्वाचनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भित्र निराशा र अन्योलता देखिएको छ। अनपेक्षित हार बेहोरेपछि पार्टी नेतृत्वमै हलचल आएको हो। पाँच सदस्यीय अध्यक्ष परिषद्का तीन जना अध्यक्षले राजीनामा दिएपछि हाल परिषदमा दुई जना मात्रै बाँकी रहेका छन्।

फागुन २१ मा सम्पन्न निर्वाचनमा कमजोर प्रदर्शन गरेपछि अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोवले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएकी थिइन्। त्यसपछि अध्यक्षद्वय सुदन किराती र ओजस्वी भट्टराईले पनि पद त्यागेका हुन्। ९० जना उम्मेदवार उठाएको प्रलोपाले २५ हजार मतसमेत कटाउन नसकेको र कुनै पनि उम्मेदवार विजयी हुन नसकेको अवस्थामा नेतृत्वमाथि दबाब बढेको देखिन्छ।

निर्वाचनपछि पार्टीभित्र समीक्षा र आगामी रणनीतिबारे छलफल जारी रहे पनि अपेक्षित सक्रियता देखिएको छैन। अध्यक्ष सन्तोष परियारले भने आफूले राजीनामा नदिएको स्पष्ट पार्दै पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भइरहेको बताएका छन्। उनले वैशाखको तेस्रो साता केन्द्रीय समिति बैठक बोलाएर राजीनामासहितका विषयमा निर्णय लिने जानकारी दिए।

यता सुदन किराती भने वैकल्पिक राजनीतिक धारको खोजीमा श्रम संस्कृति पार्टीसँग छलफलमा रहेको बताइएको छ। अर्कोतर्फ, दुर्गा सोवले राजीनामा दिए पनि पार्टी नछोडेको स्पष्ट पार्दै पार्टी निर्माणमा अपेक्षित सहयोग नपाएको गुनासो गरेकी छन्।

हाल अध्यक्ष परिषदमा सन्तोष परियार र अशोक जैसवाल मात्रै बाँकी रहेका छन्। राजीनामा दिएका नेताहरूको विषयमा केन्द्रीय समिति बैठकले निर्णय गरेपछि मात्रै त्यसको औपचारिक कार्यान्वयन हुने बताइएको छ।

यो समाचारमा

श्रम संस्कृति पार्टीसुदन किरातीकाठमाडौँप्रगतिशील लोकतान्त्रिक पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...