सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी छाड्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा गरे

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

23
Share
Featured

काठमाडौँ

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको करिब पाँच महिनाको सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन्।

किरातीले यस अवधिमा आफूलाई मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन्। उनले पार्टीमा बिताएको समयलाई ‘अमूल्य अनुभव’का रूपमा लिएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा उनले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध भने यथावत् रहने विश्वास व्यक्त गरेका छन्।

पार्टी परित्याग गरे पनि राजनीतिबाट आफू टाढा नहुने स्पष्ट पार्दै उनले जनताको सेवा र समाज रूपान्तरणको यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्। उनले जनताको विश्वास र सहिदहरूको बलिदानले देखाएको मार्गमा अघि बढ्ने दृढता व्यक्त गरेका छन्।

यसअघि नै पार्टीमा राजीनामा बुझाए पनि उनले औपचारिक रूपमा सार्वजनिक भने गरेका थिएनन्। अहिले भने सामाजिक सञ्जालमार्फत उनले आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।

यो समाचारमा

सुदन किरातीकाठमाडौँप्रगतिशील लोकतान्त्रिक पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...