नैतिकताहीन र अहंककारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : किराँती

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

16
Share
Featured

काठमाडौँ


‘प्रगतिशील राष्ट्रिय अभियान’का अगुवा सुदन किरातीले देशलाई वर्तमान अवस्थामा पु-याउने नैतिकताहीन र अहंककारी नेताहरुलाई अगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्न सबैलाई आह्वान गरेका छन् ।

विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नैतिकताहिन र अहंककारी नेताहरुलाई आगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्ने भन्दै भ्रष्टाचार र बेथितिको दलदलबाट सफाई गर्नुपर्ने बताए । 

यस्तै, उनले युवाहरुको आन्दोलनको समयमा हेलिकोप्टर चढेर भागेका र सैनिक ब्यारेकमा लुक्न बाध्य भएका असफल अहंकारी नेताहरुमा रुपान्तरणको कुनै संकेत नभएको पनि बताए । 

नेता किरातीले आफूहरुले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र लोकतान्त्रिक मूल्य स्थापित गर्न, पार्टीभित्र पारदर्शिता कायम गर्न, सम्पत्ति छानबिन गर्न र देशको समग्र अर्थतन्त्रको पुनर्संरचना लागि पहल गरेको तर नेतृत्वले बेवास्ता गरेको बताए ।

किरातीले भने, ‘हामीले माओवादी पार्टी भित्र तीन वर्षदेखि लोकतान्त्रिक मूल्य स्थापित गर्न, पार्टीभित्र पारदर्शिता कायम गर्न, सम्पत्ति छानबिन गर्न, देशको समग्र अर्थतन्त्रको पुनर्संरचनाको पहल गर्न, जनजीविका प्रश्नहरुको समाधान गर्नका र पहल लिनका लागि तथा रुपान्तरणसहित नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने बहस सघन रुपमा उठाएका थियौं। ती एजेन्डाहरुलाई बेवास्ता गर्दै, केन्द्रिय समितिले पटकपटक महाधिवेशनको मिति तोकेर पनि त्यसको बेवास्ता गर्ने काम भयो । स्थापित पार्टी र आन्दोलनलाई लोकतान्त्रिकरण गराउने, जवाफदेही बनाउने तथा बिधिमा संचालन गर्ने हाम्रो प्रयत्नलाई असफल बनाउने काम भयो ।’ 

अभियानले सात बुँदे अपील समेत गरेको छ । 

१. भ्रष्टाचार, विभेद र असमानताको रुपमा रहेका नेपाली समाजको मुख्य शत्रुमाथि विजय हासिल गरौं ।

२. सांस्कृतिक समतामा आधारित समाज निर्माण गरौं ।

३. नेपाली राजनीतिको आधारभुत पुनःसंरचना गरौं ।

४. सबै अग्रगामी आन्दोलनका सहिद, घाइते र वेपत्ता योद्धाहरुको सपना पूरा गरौं ।

५. जुनसुकै मूल्यमा निर्वाचनलाई सफल पारौं, जनताको एकताको वलमा अहङ्कारी र असफलहरुलाई विदा गरौं ।

६. देशभित्र र वाहिर जहाँसुकै रहेका नेपालीहरुले सबै तहमा प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गरौं । 

७. जेनजी विद्रोहबाट स्थापित मुद्दाहरुलाई यथाशीघ्र सम्बोधन गर्न गराउन चौतर्फी सक्रिय बनौं । सुदृढ राष्ट्र सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेण्डासहित राजनीतिकको समग्र पुनर्संरचना गर्ने लक्ष्यप्रति प्रतिबद्ध होऔं । 

अभियानले ३१ सदस्यीय केन्द्रीय संजोजन समिति गठन समेत गरेको छ । जसमा सुदन किराँती, टेकेन्द्र भट्ट, नारायणी शर्मा, मदन भट्टराई, मदन लिम्बु, सम्झना राई, पुजन सिंह, अरविन्द यादव, लक्ष्मी गुरुङ, प्रकाशचन्द पाण्डे, राजु आलेमगर, सन्तोष विष्ट, प्रेम बहादुर तामाङ, यज्ञबल्लभ शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मत कुमार बिक, सन्दिप पुन, गेहेन्द्र ढकाल, भीमबहादुर मल्ल, गोरख बहादुर केसी, जटिल कार्की, देवीराम देवकोटा, जन्मदेव जैसी, दिपक साउद, पुष्प न्यौपाने, डा.अच्युत भट्ट, बिमला सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेको छ ।  

यो समाचारमा

काठमाडौँसुदन किरातीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...