शक्ति बाँडफाँटमा विवादपछि सुदन किरातीको ‘साझा अभियान’ प्रस्ताव

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

26
Share
Featured

काठमाडौँ

पूर्वमन्त्री सुदन किरातीहर्कराज साम्पाङ राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ बीच हुने भनिएको राजनीतिक एकता हालका लागि प्रभावित बनेको छ। शक्ति बाँडफाँट र पदको विषयमा सहमति नजुटेपछि एकता प्रक्रिया अघि नबढेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार यसअघि दुई पक्षबीच किरातीलाई वरिष्ठ नेता बनाउने, उपाध्यक्षसहित तीन पदाधिकारी तथा १५ जना केन्द्रीय सदस्य दिने गरी प्रारम्भिक सहमति भएको थियो। तर पछिल्लो समयमा उक्त सहमति कार्यान्वयनमा साम्पाङ पक्षले ढिलाइ गरेको आरोप लगाइएको छ।

एकता प्रक्रियामा गतिरोध आएपछि सुदन किरातीले सामाजिक सञ्जालमार्फत ‘साझा अभियान’ को आवश्यकता रहेको उल्लेख गरेका छन्। उनले देशलाई ‘कुलिनहरूको राज्य’ बनाइएको भन्दै नागरिकको जनजीविका र आत्मसम्मानको रक्षा गर्न सबै सचेत नागरिक एकताबद्ध हुनुपर्ने बताएका छन्।

किरातीले पुराना राजनीतिक दलहरूले विश्वास गुमाएको र नयाँ शक्तिहरूमा पनि तानाशाही प्रवृत्ति देखिएको टिप्पणी गर्दै वैकल्पिक साझा अभियान आवश्यक रहेको धारणा राखेका छन्।

यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका किराती पछिल्लो समय हर्क साम्पाङको पार्टीसँग निकट संवादमा थिए। तर हाल एकता प्रक्रिया ठप्प भएपछि उनले वैकल्पिक राजनीतिक पहलतर्फ संकेत गरेका छन्।

यो समाचारमा

हर्कराज साम्पाङ राईकाठमाडौँश्रम संस्कृति पार्टीसुदन किराती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...