
काठमाडौँ।मधेश प्रदेशमा आज नयाँ सरकार विस्तार हुँदैछ। शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली काँग्रेसका कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। उहाँसँगै गठबन्धनमा सहभागी ६ दलबाट एक-एक जना मन्त्रीले पनि आजै शपथ लिने तयारी छ।कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाका अनुसार, मुख्यमन्त्री यादवले आज बिहान ११ बजे शपथ लिनेछन्।...